`

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

Nepal One HD १३ वैशाख २०८१ १९:४४
राजनीति

काठमाडौ, १३ वैशाखः जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।


प्रतिक्रिया