`

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि

Nepal One HD १५ वैशाख २०८१ ११:३७
खेलकुद

काठमाडौ । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ । खेल आज दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा सुरु हुनेछ । पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज हुन लागेको हो ।
सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन् ।

नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ । त्यसेले पनि नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ । विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाको सामना गर्नेछ ।


प्रतिक्रिया