`

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले पहिले बलिङ गर्ने

Nepal One HD १५ वैशाख २०८१ १२:१४
खेलकुद

काठमाडौ । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा बलिङ गर्ने भएको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो । सिरिजको दोस्रो खेल वैशाख १६ मा, १९ गते तेस्रो, २० गते चौथो र अन्तिम खेल २२ गते हुनेछ ।

नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ । त्यसैले पनि नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ । विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाको सामना गर्नेछ ।


प्रतिक्रिया