`

डढेलो निभाउने क्रममा घाइते एक जनाको मृत्यु

Nepal One HD १८ वैशाख २०८१ १४:५४
प्रमुख खबर

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकोमा शंकरको त्यँही मृत्यु भएको हो ।


प्रतिक्रिया