`

टी–२० विश्वकपका लागि भारतीय राष्ट्रिय टोलीको घोषणा

Nepal One HD १८ वैशाख २०८१ १६:५३
खेलकुद

नयाँ दिल्ली । आइसिसी टी–२० विश्वकप २०२४ का लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । भारतीय राष्ट्रिय टोलीको कपतानी रोहित शर्माले गर्नेछन् भने हार्दिक पाण्ड्या उपकप्तान छन् । यशस्वी जैसवालसहित विराट कोहली, सूर्यकुमार यादव मुख्य ब्याटरको रुपमा छन् । ऋषभ पन्त र सञ्जु सामसन विकेट किपरको रुपमा टोलीमा रहेका छन् । शिवम दुबे, रविन्द्र जडेजा र अक्षर पटेल अलराउन्डर छन् ।

यस्तै, कुलदीप यादव र युजवेन्द्र चहल स्पिनर र अर्शदीप सिंह, जसप्रित बुमराह र मोहमम्द सिराजले तीव्र गतिको बलिङमा रहेछन् । शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई भने वैकल्पिकमा राखिएको छ ।


प्रतिक्रिया