वेष्ट इण्डिज ‘ए’ ले दियो नेपाललाई २ सय २८ रनको विजयी लक्ष्य

खेलकुद

काठमाडौ । वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन जोडेको हो ।
वेष्ट इण्डिज ‘ए’ का लागि ओपनर जोनसन चाल्र्सले शतक प्रहार गरेका थिए । उनी ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । यस्तै, आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट हुँदा फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे । स्पिनर सागर ढकाल र करण केसीले एक÷एक विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट