एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

खेलकुद

काठमाडौ । वेस्ट इन्डिज ‘ए’ ले चौथो खेल पनि जित्दै एक खेल अगावै टी–२० सिरिजको उपाधि कब्जा गरेको छ । चौथो टी–२० मा खेलमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ गरेपनि जितका लागि पर्याप्त भएन । चौथो खेलमा वेस्ट इन्डिज ए सँग नेपाल २८ रनले पराजित भयो ।
पहिलो खेलमा नेपालले जित्दा वेस्ट इन्डिजले लगातार तीन खेल जितेर सिरिजमा ३–१ को अग्रता कायम गरेको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १८१ रनमा अलआउट भयो । खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल उत्कृष्ट प्रदर्शन गरे । उनले ४७ वलमा ८२ रन बनाएका थिए । बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओबेड म्याक्वे र हेडन वाल्सले ३/३ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट