`

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

Nepal One HD २१ वैशाख २०८१ ११:३९
अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला  एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, तेजाबी सुन बिहीबार तोलामा  एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने  एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा  एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया