`

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

Nepal One HD २१ वैशाख २०८१ २१:११
राजनीति

मोरङ, २१ वैशाख – कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।यसैगरी, बैठकले इलाम, ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, प्रहरी चौकी भवनको मर्मतसम्भार गर्ने निर्णय स्वीकृत गरिएको छभने भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फोहोरमैला रणनीति साझेदारी कार्यविधि २०८० स्वीकृत भएको छ । उदयपुर जिल्लाको कटारी अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावलाई स्वीकृत गरिएका छभने पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷८० मा भुक्तानी छुट भएका तीनवटा योजनाको रकम भुक्तानी दिने निर्णय गरेको प्रवक्ता मन्त्री राईले बताउनुभयो ।


प्रतिक्रिया