ललितपुरको ग्वार्कोमा आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु

प्रमुख खबर

काठमाडौं । ललितपुरको ग्वार्कोमा आइतबार आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन् ।
आगलागीमा परेर एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट