बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै
प्रमुख खबर
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको प्रेसर लो भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
