`

कोशीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

Nepal One HD २७ वैशाख २०८१ १८:४८
प्रमुख खबर

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराएका हुन् ।

त्यसैगरी नेकपा एमालेका सांसद राम राना र माओवादी सांसद गणेश उप्रेतीले पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया