सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान

अर्थ समाचार

किमाथाङ्का (सङ्खुवासभा) २७ वैशाख- सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ ।खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।
तुम्लिङटार विमानस्थलमा जनवरी देखियता ४४ भन्दा बढी उडान अवरुद्ध भइसकेका छन् । गत वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदैआएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपर भिजिबिलिटी आवश्यक पर्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट