`

गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभए सदन अघि बढ्दैँन : नेता सिटौला

Nepal One HD २८ वैशाख २०८१ १६:४७
राजनीति

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको बर्खे अधिवेशनका दलीय आधारमा बोल्दै सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरेका हुन् ।

कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको भन्दै उनले यस बिषयमा प्रष्टमात्रै हुन खोजेको बताए । उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए ।

त्यस्तै एमालेका नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गरे । उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो उपयुक्त नभएको बताए ।

उनले सो बिषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे ।


प्रतिक्रिया