`

भारतीय अर्थमन्त्रीसँगको भेटमा नेपालको झण्डा नराखिएको भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न

Nepal One HD २ असोज २०८३ ७:३८
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै प्रश्न उठाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वाग्लेलाई नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाँदा कूटनीतिक मर्यादा पालना गर्नुपर्ने बताएका हुन्।

‘अर्थमन्त्रीज्यू, स्वर्णिम वाग्ले भारत भ्रमणमा जानुभएको छ। तपाईंको समकक्षी भारतीय अर्थमन्त्रीसँग भेटघाट गर्दा नेपालको राष्ट्रिय झण्डा नराखी बैठक गरिएको छ,’ शाहीले लेखेका छन्।

उनले वाग्लेलाई ‘व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा?’ भन्दै प्रश्न गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत लेखेका छन्,अर्थमन्त्रीज्यू, Swarnim Wagléभारत भ्रमणमा जानुभएको छ। तपाईंको समकक्षी भारतीय अर्थमन्त्रीसँग भेटघाट गर्दा नेपालको राष्ट्रिय झण्डा नराखी बैठक गरिएको छ।
अर्थमन्त्रीजी, तपाईं व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा?
यदि नेपालको अर्थमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाने हो भने त्यसका केही विधि, नीति र कूटनीतिक मर्यादा हुन्छन्।
भारतको दिल्लीमा नेपालको राजदूतावास छ। तर त्यहीँ एउटा नेपाली राष्ट्रिय झण्डासम्म राख्न नसक्नुको कारण के हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *