९८ प्रतिशत जनताको घरमा विद्युत् पहुँच

अर्थ समाचार

काठमाडौं । सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको छ । मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत पुगेको बताएका हुन् ।
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी रहेको उनले बताए । त्यस्तै मुलुकमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट