सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ७ सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार तोलामा रु एक लाख ४० हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३९ हजार ३ सय निर्धारण गरिएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला रु १ लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट