`

४५ अंकले बढ्यो शेयर बजार, ५ अर्बमाथिको कारोबार

Nepal One HD ६ जेठ २०८१ १६:०६
अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ४५ अंकले बढेको छ । बजार ४५ अंकले बढ्दा ५ अर्ब माथिको सेयर कारोबार भएको छ ।

आज ३२३ स्क्रिप्सको १ करोड २२ लाख ४० हजार कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा खरिदबिक्री भए । आत्मनिर्भर लघुवित्त,सबैको लघुवित्त,सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो माण्डु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए।

सो कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १४ करोड ८० लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो। फस्ट माइक्रो फाइनान्सको साढे ११ करोड बढीको सेयर कारोबार भयो।


प्रतिक्रिया