शेयर बजारमा दोहोरो अंकको बृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार

अर्थ समाचार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आइतबार ४५ अङ्कले बढेको नेप्से सोमबार २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बैकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सामुदायिक लघुवित्त, बुद्ध भूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १५ वटा कम्पनीका एक करोड ४३ लाख कित्ता शेयर पाँच अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा पोखरा फाइनान्स कम्पनीको १९ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट