`

मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक छ :अध्यक्ष लिङदेन

Nepal One HD ११ जेठ २०८१ १३:५९
अन्तर्वार्ता/बिचार

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन् ।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए । उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रुपमा उभिने अठोट गरेको जिकिर गरेका छन् । अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चूनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरुको क्रिडास्थल बन्न पुगेको धारणा राखे । पार्टीले आफ्ना मागलाई स्थापीत गराउन निरन्तर आन्दोलन गर्ने र बिभिन्न ढंगबाट राज्यलाई दवाव दिन निरन्तर अभियान चलाउने उनले बताए ।

तीन दिन सम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भइ पारित गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया