ललितपुरमा सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ

समाचार

काठमाडौँ / ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ । जनताका समस्या प्रत्यक्ष रुपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ ।
नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । उनले जनताका भोग्नुपर्ने समस्याहरु सुनुवाई गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए । सो कार्यक्रमले स्थानीय सरकारको महशुस जनताले प्रत्यक्ष रुपमा गर्न सक्ने उनको विश्वास छ ।
त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन बिभिन्न स्थानमा बृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले महानगरको बृक्षारोपण अभियान अन्तर्गत रोकिएका विरुवाहरुलाई क्षति पुराउनेलाई कारवाही गरिएको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट