`

तोलामा चार हजारले घट्यो सुनको मूल्य

Nepal One HD २७ जेठ २०८१ ११:२९
अर्थ समाचार

काठमाडौँ ।  सुनको मूल्य आइतबार तोलामा  चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा  एक लाख ४५ हजारमा कारोबार भएको थियो ।


यस्तै तेजाबी सुन तोलामा  एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला  एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो ।


त्यस्तै चाँदीको मूल्य तोलामा  ७५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया