उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

समाचार

काठमाडौं / क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायीहरुले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
व्यवसायीहरुलेसरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट