`

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य 

Nepal One HD ९ असार २०८१ ११:३६
अर्थ समाचार

काठमाडौँ ।  आइतबार सुनको मूल्य प्रतितोला  दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला  एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।


यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला  एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।


चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया