`

यातायात कार्यालय कञ्चनपुरबाट ७४ लाख राजस्व सङ्कलन

Nepal One HD १२ असार २०८१ १५:१४
अर्थ समाचार

महेन्द्रनगर (कञ्चनपुर) । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको छ ।

कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया