`

माधव नेपालले अध्यक्षमा हारे के हुन्छ ?

Nepal One HD १५ असार २०८१ १६:०१
अन्तर्वार्ता/बिचार

मोनिका सिंह ।
नेकपा एकीकृत समाजवादी पार्टी संसदमा १० सिट भएको छैटौ नम्बरमा पर्छ । संसदमा यो भन्दा अरु पाँच पार्टी ठूला छन् । तर आइतबारदेखि हुने यसको महाधिवेशन र नेतृत्व चयनको हल्ल्लाखल्ला भन्ने देशकै प्रमुख पार्टी जस्तै भएको छ। यो पार्टीको महाधिवेशन १६ गतेबाट राजधानीमा हुँदै छ। अरु पार्टीमा जस्तै यसमा पनि नेतृत्व चयनले नै ठुलो चर्चा पाएको छ।
वर्तमान अध्यक्ष माधव नेपाल यो पार्टीको जसरी पनि फेरि अध्यक्ष बन्ने कसरतमा लाग्नु भएको छ। उहाँलाई सो पार्टीका सम्मनित नेता झनथा खनाल र महासचिव घनश्याम भुसालले चुनाती दिनु भएको छ।

फेरि पनि एकीकृत समाजवादीमा जम्बो पदाधिकारी र केन्द्रीय कमिटी बन्ने भएको छ । जबकी चुस्त कमिटी निर्माण गरिनुपर्ने आवाज पार्टीभित्रै उठेपछि पदाधिकारी र केन्द्रीय सदस्य घटाउनेबारे लामै छलफल चलेको थियो । तर पार्टीभित्र भएको छलफलको आशय विपरीत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरिनुमा नेताहरुको स्वार्थले काम गरेको देखिन्छ । ‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनु भनेको पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको वातावरण कमजोर बन्दै एक नेताको टिप्प्णी छ।

घटनाक्रम र गतिविधिले पनि नेतृत्व लिने होडकै कारण अन्तिम समयमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय भएको पुष्टि हुन्छ । पर्सि, १६ असारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने महाधिवेशनबाट अध्यक्षमै रहने तयारी माधव नेपालले गरिरहनु भएको छ। । त्यसका निम्ति आफू निकटस्थहरुको दिनहुँजसो भेला चलिरहेको छ।

तर अध्यक्षमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको तायरी पनि तीब्र भएको छ। । पार्टी गठनको सुरुदेखि नै उहाँले अध्यक्ष नेपालसँग फरक मत राख्दै आउनु भएको थियो । सैद्धान्तिक–वैचारिक रुपमा फरक मत राख्ने खनालले आफू पक्षधरहरुको पंक्ति संगठनात्मक रुपमा पनि तयार पार्नुभएको थियो । तिनै संगठनात्मक शक्तिका साथ खनाल मैदानमा उत्रिनु भएको छ। ।
पाँच दशक पुराना प्रतिस्पर्धी झलनाथ खनालको चुनौती माधव नेपालका निम्ति अपेक्षित नै थियो । सम्मानित नेता खनालले अडान लिएपछि मध्य असारमै महाधिवेशन गर्न तयार हुनुले संभावित चुनौतीबारे नेपाल जानकार रहेकै पुष्टि हुन्छ ।

तर अहिले यो पार्टीको आन्तरिक समीकरणमा फेरबदल आएपछि भने माधव नेपालको समेत राजनीतिक भविष्या खतरामा परेको छ। यो महाधिवेशनमा सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालबीच सहकार्यको समीकरण बन्ने संभावना टड्कारो बनेको छ। तीन प्रभावशाली नेता मध्ये दुई जता लाग्यो उत्तै पल्ला भारी हुने स्वभाविक अवस्था हो। अहिले भुसाल र खनाल एकातिर देखिएपछि नेपाल एकातिर पर्नुभएको छ। त्यसैले महाधिवेशनमा चुनाव परिणामको तराजु कता तिर ढल्कने हो भन्ने सजिलै अनुमान गर्न सकिन्छ।

माधव नेपाल एमाले जस्तो देशमा प्रभाव राख्ने पार्टीका १५ बर्ष नेतृत्व गरिसकेको नेता हुुनुहन्छ । उहाँ देशमा लामो समय प्रधानमन्त्री समेत भइसक्नु भएको नेता हो। उहाँ लाखौ पार्टी सदस्य भएको पार्टी एमालेमा प्रतिस्पर्धा गरेर आउनु भएको हो। अहिले आएर चुनावमा राष्ट्रिय मान्यात पनि पाउन नसकेको पार्टीको आन्तरिक प्रतिस्पर्धामा अध्यक्षमा पराजित हुनु भए उहाँको व्यक्तित्व कति जोखिममा पर्ला ? यो भने भविष्यले निर्धारण गर्ने छ।


प्रतिक्रिया