असारमा किसानले पर्याप्त मल नपाउनु दुर्भाग्यः नेत्री राणा
राजनीति
भक्तपुर, १५ असारः नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताउनुभयो ।
नेत्री देउवाले भन्नुभयो, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ । रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरी राज्यले नीति लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
