`

राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ

Nepal One HD १९ असार २०८१ १९:२६
अपराध

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । प्रहरीले उनलाई सहकारीको बचत अपचलन गरेको आरोपमा बुधबार बालाजुबाट पक्राउ गरेको हो ।

आईडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालकसमेत रहेको उप्रेतीले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । उक्त सहकारी गत महिना समस्याग्रस्त घोषित भएको थियो । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले अनुसन्धान गर्ने सहकारीको सूचीमासमेत यो सहकारी समावेश छ । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।


प्रतिक्रिया