विन्ध्यवासिनी सहकारी ठगीको आरोपमा २ जना पक्राउ

अपराध

पोखरा । पोखराको न्यूरोडस्थित विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सहकारीका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा संलग्न रही हालसम्म फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारी संस्थाका पूर्व संचालक समितिका सचिव किरण कपाली र संस्थाका पूर्व लेखा समिति संयोजक बुद्धि सागर ढकाल रहेका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट