`

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा मुख्यमन्त्री सोडारीकी पत्नी गीता दोषी ठहर

Nepal One HD २७ असार २०८१ १८:२९
अपराध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी शिक्षकको जागिर खाएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो ।

गीता धनगढी–९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ । नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि १ वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ।


प्रतिक्रिया