`

झापामा हात्तीको आक्रमणबाट चार घरमा क्षति 

Nepal One HD ३० असार २०८१ १४:२९
समाचार

झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।


प्रतिक्रिया