हर्कले सभामुखलाई स्मरण गराएको नियमावली १५ (२) मा के छ ?
काठमाडौं। बुधबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड देखाउँदै विरोध जनाएका छन् ।
पार्टी अध्यक्ष एवं सांसद हर्कराज राईले सरकार संसदप्रति जवाफदेही बन्नुपर्ने माग राख्दै विरोध जनाएका थिए ।
विरोधका क्रममा सभामुख डोलप्रसाद अर्यालले राईलाई अमर्यादित व्यवहार नगर्न चेतावनी दिएका थिए । तर राईले बोलिरहेपछि सभामुख अर्यालले अन्ततः उनलाई समय दिएका थिए ।
राईले प्रधानमन्त्री र मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ को उपनियम (२) स्मरण गराएका थिए ।
उनले संसदमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन नभएको गुनासो गरेका थिए ।
प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ (२) मा शून्य र विशेष समयमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ ।
प्रतिनिधिसभा नियमावली–२०७९ को नियम १५ (२) पढ्नुहोस् :

