`

कर्णाली राजमार्ग पुनः अवरुद्ध

Nepal One HD ३१ असार २०८१ १२:५३
समाचार

मुगु । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो । 


प्रतिक्रिया