अमुक उद्योगमा लाइन जोड्न प्रधानमन्त्रीले ठाडो निर्देशन दिनु गलतः सांसद बस्नेत

अर्थ समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले अमुक उद्योगमा लाइन जोड्ने विषयमा सरकारले प्रतिष्ठाको विषय बनाएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बस्नेतले लाइन जोड्ने वा नजोड्ने विषय विद्युत् प्राधिकरणको विनियमावलीले गरेको बताए ।
उनले यस्तो विषयमा प्रधानमन्त्रीले ठाडो निर्देशन दिन गलत भएको बताए । उनले भने, ‘कुरा सुशासन र विधिको गर्ने नियमको गर्ने, समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्राधिकरणले जारी गरेको बिलको विषयमा पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानूनी व्यवस्था भएको बताए । उनले सरकारले समस्याको समाधान नियमअनुसार गर्नुपर्ने बताउँदै ठाडो निर्देशनमा नहुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट