`

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

Nepal One HD ४ असोज २०८३ २१:१७
समाचार

सुनसरी । सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जाँदा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो ।रुखले च्याप्दा यादव घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको सूचना अधिकारी खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *