बागमतीका नवनियुक्त स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सरपीडितलाई एकलाख उपचार खर्च दिने पहिलो निर्णय

जीवनशैली/स्वास्थ्य

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले क्यान्सर रोग लागेका विपन्न नागरिकलाई एक लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेका छन् ।
बुधबार मन्त्री नियुक्त भएपछि स्वास्थ्यमन्त्री थापाले पहिलो निर्णयमा क्यान्सर रोग लागेका विपन्न नागरिकलाई एकलाख रुपैयाँ सहुलियत दिने निर्णय गरेका हुन् ।
यसअघि ५० हजार रुपैयाँ दिइँदै आएको थियो । उनले त्यसमा ५० हजार थप गरी एक लाख पुर्याएका हुन् । यसका लागि ११ करोड बजेट सुनिश्चित गर्न बागमती प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न आर्थिक मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी नसर्ने रोग तथा मानसिक रोग रोकथाम र न्यूनीकरण सम्बन्धि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय पनि मन्त्री थापाले गरेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट