दुर्घटनाग्रस्त सौर्य एयरका घाइते क्याप्टेनको अवस्था खतरामुक्त

प्रमुख खबर

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था खतरामुक्त चिकित्सकले जानकारी दिएका छन् ।
केएमसी अस्पतालमा उपचाररत उनले अनुहारमाचोट लागेको छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन् । उनको भाँचिएकाले शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
उनको टाउकोमा ठूलो चोट लागेकाले न्यूरो सर्जरी गर्नुपर्ने बताइएको छ । बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा अरु १८ जनाको मृत्यु भएको छ भने शाक्यको घाइते अवस्थामा उद्दार गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट