`

गोरखामा पहिरोमा बेपत्ता पाँचमध्ये तीन जनाको शव फेला

Nepal One HD १४ साउन २०८१ १५:१२
प्रमुख खबर

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रेसेफाँटको पहिरोमा परी बेपत्ता भएका पाँचमध्ये तीन जनाको शव भेटिएको छ ।

सोमबार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका– ८, बर्खेघाटमा फेला परेको शव कान्छीमायाको भएको पुष्टि भएको छ । पहिरोमा पुरिएर सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चाल २४ वर्षीय रमेश परियार बेपत्ता छन् ।

प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको जनाएको छ ।


प्रतिक्रिया