`

भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका केही बस्ती डुबानमा

Nepal One HD १६ साउन २०८१ ७:५१
प्रमुख खबर

काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिको भारी वर्षाका कारण केही बस्ती डुबानमा परेका छन् । भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

गएरातिदेखि भइरहेको वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौँको धोबीखोला, चाबहित र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।


प्रतिक्रिया