`

इजरायल जाने कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन छानबिन समिति गठन

Nepal One HD २५ साउन २०८१ १७:५९
अर्थ समाचार

काठमाडौं । सरकारले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया प्रक्रियालाई थप विश्वसनीय र पारदर्शी बनाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार छनोट प्रक्रियामा प्रश्न उठेपछि मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

मन्त्रालय छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन छानबिन समिति गठन गरिएको स्पष्ट पारेको छ।


प्रतिक्रिया