`

नेप्सेमा आठ अंकको बृद्धि, २१ अर्बको कारोबार

Nepal One HD २९ साउन २०८१ १५:२७
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ । सोमबार नेप्से ७० भन्दाबढी अंकले बढेको थियो । मंगलबार दिनभर उतारचढाव भएको शेयर बजार खुलेको दुई मिनेटमै दुई हजार नौ सय ७१ विन्दुमा पुगेको थियो ।

आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लाग्यो । आज नेपाल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका शेयरमा भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको थियो ।


प्रतिक्रिया