`

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

Nepal One HD ३१ साउन २०८१ २०:४३
अर्थ समाचार

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर  पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर  एक सय ६७ रहेकामा  एक सय ६२ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर  एक सय ६९ रहेकामा  एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर   एक सय ७० रहेकामा एक सय ६५ रुपैयाँ कायम गरिएको छ । 

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि  एक सय ५५ रहेकामा  एक सय ५२ रुपैयँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि  एक सय ५७ रहेकामा  एक सय ५४ र तेस्रो वर्गका लागि  एक सय ५८ रहेकामा  एक सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । 

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । 


प्रतिक्रिया