`

सुनको मूल्य तोलामा नौ सयले घट्यो

Nepal One HD ३२ साउन २०८१ १२:२८
अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया