सुनको मूल्य अहिलेसम्मकै उच्च

अर्थ समाचार

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट