`

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा जेल चलान

Nepal One HD २ भदौ २०८१ १६:४५
अपराध

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा नेताहरूसँग कुरा मिलाएको आरोप थियो । यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उनले नचिन्ने बयान दिएका थिए । यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उनी फरार थिए ।

झालाई असार १४ गते कञ्चनपुरबाट पक्राउ गरिएको थियो । झामाथि बिचौलियालाई गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप थियो ।


प्रतिक्रिया