`

बुद्धनगरमा स्नुकर हाउस संचालकको हत्या

Nepal One HD १० भदौ २०८१ ९:३२
अपराध

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

उनी शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक रहेका प्रहरीले जनाएको छ । उनलाई राति स्नुकरहाउसभित्र सुतिरहेको बेला कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा गएराति नै सिभिल अस्पतालमा मृत्यु भएको थियो ।


प्रतिक्रिया