`

कृष्ण जन्माष्टमीको‌ अवसरमा मणिग्राममा लाखेनाच

Nepal One HD १० भदौ २०८१ २१:०५
समाज

नारायन भुसाल/बुटवल – रुपन्देहीको मणिग्राममा रहेका नेवार समुदायले श्रीकृष्ण जन्माष्टमीको‌ पूर्व सन्ध्यामा नाचगान तथा परम्परागत लाखे नाच कार्यक्रम गरेका छन् । नेवारी भाषाको पहिचान कला सस्कृतीको संरक्षण भन्ने मुल नाराका साथ पर्बतको वहाकी बाट बसाइँसराइ गरी मणिग्राम आएका नेवार समुदायको सस्था झिगु: नेवा: खल: ति न पा ६ मणिग्राम द्वारा नेवारी सस्कृतिको रक्षार्थ एवं प्रचार-प्रसार गर्ने उद्देश्यले श्रीकृष्ण जन्माष्टमीको‌ पूर्व सन्ध्यामा मणिग्राम स्थित बाह्र नम्बर चोकमा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा विभिन्न नेवारी भाषाका गितहरुमा नाचगान तथा परम्परागत लाखे नाच सहित विभिन्न कार्यक्रम गरी भब्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।

श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।


प्रतिक्रिया