टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति लिएका थिए ।
त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए । आयोगले उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि दाबी गरेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट