`

को हो सडक संघर्षको मुख्यबाधक पक्ष ?

Nepal One HD २१ भदौ २०८१ ११:१३
अन्तर्वार्ता/बिचार

ऋषि कट्टेल ।
नेपाल कम्युनिष्ट पार्टीले जनविरोधी, भ्रष्ट सत्ताविरुद्ध सडक संघर्षको मूल नारा बनाएर सडक संघर्ष अगाडी बढाउन सुरु गरेको छ । प्रचारात्मक रुपमा सुरु भएको यो कार्यक्रम क्रमशः विस्तार हुन लागिरहेछ । काठमाडौं उपत्यकामा दिनहुँजसो कोण सभाहरु भइरहेछन् । सायद यो विस्तारै बढ्दैजाला पनि । अरु विभिन्न आन्दोलनहरु पनि सडकमा छन् तिनले पनि गति लेलान् ।

सडक संघर्षमा वस्तुगत अवस्था उपयुक्त हुँदाहुँदै पनि क्रान्तिकारी शक्तिहरुको आत्मगत पक्ष मुख्य कारण रहेपनि अरु केही सहायक कारणहरुले पनि व्यवधान खडा गरिरहेको छ । पहिलो कारण प्रतिगमन नेपाली जनता संघर्षमार्फत उन्नत जनताको गणतन्त्र स्थापित गर्न चाहन्छन् । क्रान्तिकारी शक्तिहरुको आत्मगत अवस्था सवल नभैसकेको अवस्थामा प्रतिगमनको खतरा बढी हुन्छ । अहिले केही त्यस्ता संकेतहरु देखिँदैछ । घोषित रुपमै प्रतिगामी नारा बोकेको राप्रपा मात्र हैन बालेनहरुजस्ताको अराजनीतिक जनप्रियताको आडमा र यथास्थितिवादीका अकर्मण्यताको असन्तुष्टिमा पनि यो प्रतिगमन तन्की रहेकोछ । यो सडक संघर्षको मुख्यबाधक पक्ष बनेको छ ।

अहिले सडक संघर्षले प्रतिगमन समाप्त गर्ने र यथास्थितिवादलाई पराजित गर्ने दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यही जटिलताले आज सडक संघर्षले गति लिन सकिरहेको छैन ।


प्रतिक्रिया