गैँडाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, दुई घाइते
प्रमुख खबर
काठमाडौं । बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना पथ प्रदर्शक (नेचर गाइड)को मृत्यु भएको हो ।
त्यस्तै गैंडाको आक्रमणबाट एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । उनीहरु बिहान जंगलमा गएका बेला गैंडाले आक्रमण गरेको थियो ।
नेपाली सेनाका अनुसार गैंडाको आक्रमणबाट नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको हो । घाइतेहरुको भने भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
